Govt Regtd No. DAOK/2066/143
Lugumyal News
 
लुगुम्याल खबर
 
This page is created for any news related to Lugum Village and Lugumyal People. Please help us by sending your news if you got any.
 
यो पेज लुगुम र लुगुम्यालहरुसंग सम्बन्धित हालखबरको लागि बनाइएको छ, यदि तपाईसंग पनि कुनै नयाँ हालखबर छ भने कृपया हामीलाई पठाएर सहयोग गर्नुहोस |
 
 
 
गाउँ घरको समाचार:
 
 
राष्ट्रपति शिल्ड:
 
यस बर्षको रुकुम जिल्ला स्तरीय अन्तर माध्यमिक बिद्यालय खेलकुद प्रतियोगिता जसलाई राष्ट्रपति शिल्ड भनिएको छ (यसलाई पहिले बिरेन्द्र शिल्ड भनेर भनिन्थ्यो) लुगुमको सिद्धचौर माध्यमिक बिद्यालयमा यहि फागुन महिनाको अन्त तिर आयोजना गरिने भएको छ | यस खेलकुद प्रतियोगितामा रुकुम जिल्लाका लगभग ६० जति बिद्यालयहरु मध्य कम्तिमा पनि ४०-५० बिद्यालयहरुले भाग लिने आशा गरिएको छ | जस अनुसार रुकुम जिल्लाका कुनाकाप्चाका मानिसहरु यो खेलकुद प्रतियोगिता हेर्न लुगुम गाउँमा आउने छन् | यसबाट लुगुम गाउँ र त्यहाँका स्थानीय बासिन्दाहरुलाई धेरै कुरामा फाइदा हुने देखिएको छ | पहिलो त यस खेलकुद प्रतियोगिताको माध्यमबाट रुकुम जिल्लाका कुनाकाप्चाका मानिसहरुले लुगुम गाउँको बारेमा थाहा पाउनेछन भने हप्ता दिनको यो खेलकुद उत्सवले स्थानीय अर्थतन्त्रमा पनि केहि सकारात्मक योगदान गर्ने छ | यस खेलकुदको लागि अहिले सिद्धचौर माध्यमिक बिद्यालयले भब्य रुपमा तयारी गरि रहेको समाचार प्राप्त हुन् आएको छ |
 
 
नाँचनेहरु (नचारु) लुगुम गाउँमा:
 
 
धेरै बर्षको अन्तराल पछी  १८ मगरातको लोपोन्मुख प्रसिद्ध नाँचने नाँच यस पटक मतालेहरुले उठाएर रुकुम जिल्लाको बिभिन्न गाउँहरुमा देखाउने क्रममा पुष महिनाको मध्य तिर ती मताले नाँचनेहरु लुगुम गाउँ पनि गएको र त्यहाँ २ दिन जति आफ्नो नाँच प्रदर्शन गरेको समाचार थाहा हुन् आएको छ | धेरै बर्ष पछी आफ्नो गाउँमा नाँचनेहरु आएकोमा सम्पूर्ण लुगुम्यालहरु अति नै खुशी भै ती मताले नाँचनेहरुलाई खुलेरै दान दक्षिणा दिएको खबर पनि थाहा हुन् आएको छ |
 
 
 
 
 
 
 
मोटर बाटो:
 
मध्य पश्चिम राजमार्ग अन्तर्गतको लुगुम खण्डको मोटर बाटो बनाउने क्रममा अहिले डोजर लुगुम गाउँको गरबाङ सम्म पुगेको खबर प्राप्त भएको छ | सम्भवत यहि फागुन महिना भित्र डोजर लुगुम गाउँ पुग्ने आशा गरिएको छ |
 
 
Updated: 1 February 2012
 
 
 
 
राहत सहयोग:
 
श्री बीर प्रसाद घर्ति मगरको पहल तथा श्री आश बहादुर पुन मगर र श्री ज्ञान बहादुर पुन मगरको संयोजनमा  बेलायतमा बसोबास गरि रहनु भएका लुगुम्याल तथा काँक्री गा.बि.स. का दाजुभाईहरुले रु. ६१,०००/- (एकसठ्ठी हजार रुपैयाँ) संकलन गरि गत चैत्र महिनामा काठमाडौँमा दिवंगत हुनु भएका स्वर्गीय शिरे पुन मगरको परिवारलाइ राहत सहयोग प्रदान गरेका छन् | उक्त रकम मध्य रु.५०,००० स्वर्गीय शिरे पुन मगरका दुइ भाइ छोराहरुको पठन पाठनको लागि लुगुम्याल समाजको रोहबरमा एउटा अक्षयकोष खडा गरि त्यसमा जम्मा गरिएको छ भने बाँकि रु.११,००० स्वर्गीय शिरे पुन मगरकी श्रीमती मन कुमारी पुन मगरलाई लुगुम्याल समाजका कोषाध्यक्ष श्रीमती दिल कुमारी बुढा मगरको हातबाट २०६८ भदौ २४ गते हस्तान्तरण गरियो | सहयोग गर्ने महानुभावहरुको नामावली यस प्रकार छ:
 
१.  श्री भिम प्रकाश घर्ति मगर   (लुगुम)   ७१ पाउण्ड
२.  श्री आश बहादुर पुन मगर    (लुगुम)   ६१ पाउण्ड
३.  श्री ज्ञान बहादुर पुन मगर    (लुगुम)   ६१ पाउण्ड
४.  श्री दल बहादुर बुढा मगर      (गाबाङ)  ५५ पाउण्ड
५.  श्री बीर बहादुर पुन मगर     (लुगुम)   ५५ पाउण्ड
६.  श्री बीर प्रसाद घर्ति मगर      (लुगुम)   ५० पाउण्ड
७.  श्री श्री कमान पुन मगर       (लुगुम)   ५० पाउण्ड
८.  श्री मदन पुन मगर               (लुगुम)   ५० पाउण्ड
९.  श्री तारा प्रसाद बुढा मगर      (गाबाङ)  २५ पाउण्ड
१०. श्री राज कुमार बुढा मगर    (काँक्री)    २२ पाउण्ड
११. श्री नर प्रताप पुन मगर       (लुगुम)   २१ पाउण्ड
 
                                                    जम्मा: ५२१ पाउण्ड
 
यस दुखद घडीमा एक दुखद र असहाय परिवार प्रति गरिएको यो सहानुभूति पूर्ण सहयोगको लागि सहयोग गर्ने सम्पूर्ण महानुभावहरु प्रति लुगुम्याल समाज हार्दिक धन्यवाद तथा आभार ब्यक्त गर्दछ |
 
Updated: 23 September 2011
 
 
 
समबेदना:
 
ढिलो गरी प्राप्त हुन् आएको समाचार अनुसार लुगुम गाउँका स्वर्गीय श्री कैले पुन मगर तथा श्रीमती पियारी पुन मगर का छोरा बर्ष ३८ को शिरे पुन मगर ले गत चैत्र १७ गते राती बालाजु स्थित आफ्नै डेरा छेउको बारीमा बिष शेवन गरी आत्महत्या गरेको बुझिएको छ | प्रहरीले लाशको मुचुल्का उठाई पोस्ट मार्टम गरे पश्चात आफन्त र गाउँलेहरुबाट चैत्र १८ गते पशुपतिको आर्यघाटमा उहाँको दाह संस्कार गरिएको थियो | उहाँको आत्माले चिर शान्ति पाओस भन्दै लुगुम्याल समाज नेपाल हार्दिक समबेदना प्रकट गर्दछ |
 
उहाँको श्रीमती अहिले १२ र ७ बर्षका दुइ नाबालक छोराहरु सहित बालाजुमा डेरा लिएर बसोबास गरी रहेको बुझिएको छ |
 
Updated: 9 June 2011
 
 
 
 
गाउँ घरको समाचार:
 
१. बहु प्रतिक्षित लुगुम खोला जल बिद्युत योजना अहिले आएर लगभग पुरा हुने अवस्थामा पुगेको छ | लगभग २ करोड ९५ लाख रुपैया को अनुमानित लागतमा निर्माण हुँदै गरेको यो जल बिद्युत योजनाले ८० किलो वाट क्षमताको बिद्युत उत्पादन गर्ने छ र यसले रुजिखोला देखि लिएर पन्चासे सम्मका सम्पूर्ण लुगुम बासीहरुलाई बिजुलीको सुबिधा प्रदान गर्ने छ | यस योजनाको निर्माणले लुगुम बासीहरुलाई टेलिभिजन, कम्प्युटर, इन्टरनेट, फोन  का साथै लघु उद्योग संचालन जस्ता सुबिधाहरु प्रदान गर्ने छ र यसले लुगुम गाउँको बिकासमा एउटा कोशे ढुंगाको स्थापना गर्ने छ |
 
भर्खरै प्राप्त समाचार अनुसार हालसालै लुगुम्यालहरुले हरेक घरबाट ३५ दिनको जन श्रमदान गरि बिद्युत गृहको कुलो निर्माण सम्पन्न गरेका छन् | साथै बिद्युत गृहको सम्पूर्ण सामाग्रीहरु काठमाडौँमा आई सकेको छ र यसलाई यहि जेठ महिना भित्र ढुवानी गरि असार महिना भित्रमा बिद्युत गृह निर्माण गर्ने योजना रहेको थाहा हुन् आएको छ |
 
२. निर्माणाधीन मुसिकोट-बुर्तिबाङ मोटर बाटो अहिले धमाधम रुपले निर्माण भै रहेको छ | पश्चिमी खण्डबाट निर्माण हुदै आएको यस सडकका डोजरहरु अहिले लुगुमको कुङर र बासधै बिचमा पर्ने छाला भन्ने ठाउँ सम्म आइ पुगेको समाचार छ र यो वर्षा सम्ममा लुगुम गाउँ पुग्ने योजना रहेको थाहा हुन् आएको छ | साथै पूर्वी खण्डबाट निर्माण हुदै आइ रहेको बाटो अहिले भल्कोट गोङ सम्म आइ पुगेको खबर छ र २-३ बर्ष भित्र यसलाई य्हिर नेटा कटाउने योजना छ | त्यस पछि यो बाटो पक्कि २ लेनको बनाउने योजना रहेको छ र यस बाटोको निर्माणले मुसिकोट देखि लिएर यस भेकका जनताहरुको काठमाडौँ यात्रालाई अति सुगम बनाउने छ | 
 
३. नेपाल दुरसंचार को क्षमता विस्तार गर्ने कार्यक्रम अन्तर्गत रुकुम जिल्लामा थप ८ वटा टेलिफोन टावरहरु निर्माण गरिने भएको छ र जस अन्तर्गतको एउटा टावर लुगुम गाउँको चन्दरकोइ धुरीमा निर्माण गरिने योजना छ | यो टावरको निर्माणले लुगुम साथै  छेउ छाउँका छिमेकी तक-सेरा, कोल-गर्खानी, काँक्री, खाबाङ, महत साथै थबाङ गाउँहरुका बासिन्दाहरुलाई थप टेलिफोन सुबिधा प्रदान गर्ने छ |  
 
Updated: 5 June 2011
 
 
 
 
 
दाङमा "लुगुम्याल खाम समाज नेपाल"  को गठन
 
 
दाङ घोराहीमा बसाई सराइ गरि बसोबास गरि रहेका लगभग १३५ घर लुगुम्यालहरुको संख्यालाई मध्यनजर गरि हालै श्री जुक्ति प्रसाद पुन मगर को अध्यक्ष्यतामा ९ सदस्यीय "लुगुम्याल खाम समाज नेपाल" को गठन दाङमा गरिएकोछ | यसको कार्यालय घोराही नगरपालिका अन्तर्गत वडा नम्बर ६ ढोडेनीमा राखिएकोछ | यसको प्रमुख उद्देश्य समाजमा बिध्यमान कुरितीहरुलाई निर्मुल पार्दै खाम भाषा, संस्कृति र परम्परालाई संरक्षण तथा जगेर्ना गर्ने साथै दाङमा बसाई सराइ गरि बसोबास गरि रहेका लुगुम्यालहरु बीच एक आपसमा भाइचारा तथा सहयोगको बाताबरण सिर्जना गर्ने रहेको छ |यस समाजका पदाधिकारीहरुको नामावली यसप्रकार छ:
 
 
अध्यक्ष: श्री जुक्ति प्रसाद पुन मगर
उपाध्यक्ष: श्री टेकबीर घर्ति मगर
सचिब: श्री कर्मधन पुन मगर
सह-सचिब: श्री जमानसिंह पुन मगर
कोषाध्यक्ष: श्री टेक बहादुर घर्ति मगर
सदस्य: श्री हरिलाल घर्ति मगर
सदस्य: श्री अगन बहादुर पुन मगर
सदस्य: श्री धर्म बहादुर पुन मगर
सदस्य: श्री धर्मेन्द्र पुन मगर
 
 
थप तस्बिरहरुको लागि कृपया यहाँ क्लिक गर्नुहोस:
 
Updated: 11 February 2011
 
 
 
 
लुगुम्याल समाजलाइ आश पुन तथा ज्ञान पुनको सहयोग:
 
जन्मथलो लुगुम भएता पनि दाङ बसाई सराई गरीहाल पेशाको सिलसिलामा बेलायतमा बसोबास गरी रहनु भएका श्री आश बहादुर पुन मगर घरायसी काममा हालसालै नेपाल जानु भएको थियो | त्यही अवसरमा उहाँले किर्तिपुर स्थित लुगुम्याल समाजको कार्यालयमा गइ लुगुम्याल समाज नेपालको आजीवन सदस्यता लिनु भएकोछ| त्यसै क्रममा लुगुम्याल समाजका पदाधिकारीहरुले वहालाई लुगुम्याल समाजको आजीवन सदस्यताको प्रमाणपत्र दिई उहाँलाई स्वागत गरेका थिए | साथै जन्मथलोको लागि प्रत्यक्ष्य रुपमा केहि गर्न नसकेता पनि केहि गर्न खोज्नेहरुलाई सहयोग गर्नु पर्छ भन्ने भावनाले प्रेरित भइ श्री आश बहादुर पुन मगर र उहाँ कै भाई श्री ज्ञान बहादुर पुन मगर (१ आर जी आर) दुबैले मिलेर लुगुम्याल समाज नेपालको किर्तिपुर स्थित कार्यालय कोठाको मासिक भाडा रु. १,००० स्वेच्छाले व्यहोर्ने प्रतिबद्धता गर्नु भएको छ, यसको लागि लुगुम्याल समाज नेपाल उहाँ दुवै प्रति हार्दिक आभार र धन्यवाद ब्यक्त गर्न चाहन्छ |
Updated: 10 November 2010
 
 
 
Magar "Bhume Festival" Documentary:
 
To promote Magar culture and tradition, Lugumyal Society Nepal have produced a documentary video about "Bhume Festival" celebrated by Magar people in Kham spoken region of Mid Western Nepal. The documentary is mainly filmed in festivals celebrated in Lugum village of Rukum district and Kathmandu. This documentary contains a rare footage of original Bhume Festival celebrated in Kham speaking region and modern Bhume Festival celebrated in Kathmandu. If you interested in this exclusive Magar Cultural documentary video of Kham spoken region please contact Lugumyal Society, we will arrange to send your copy anywhere in the world or you can obtain a copy of this documentary by contacting our office in Kathmandu.
 
मगर "भूमेपर्व"  वृत्तचित्र:
 
मगर संस्कृति र परम्पराको प्रचार प्रसार, जगेर्ना तथा उत्थान गर्ने हेतुले "लुगुम्याल समाज नेपालले "आदिबासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानको" प्रयोजनमा नेपालको मध्य पश्चिम क्षेत्रको खाम भाषा बोलिने मगर क्षेत्रमा मनाइने "भूमे पर्व" को वृत्त चित्रको निर्माण गरेको छ | यो वृत्त चित्र बिशेष गरेर लुगुम गाउँको बुकी क्षेत्र,  लुगुम गाउँ साथै काठमाडौँमा छायांकन गरिएको छ | यो वृत्त चित्रमा बिशुद्ध मगर क्षेत्रमा मनाइने बिशुद्ध भूमे पर्व देखि लिएर काठमाडौँको आधुनिकीकरणमा मनाइने भूमे पर्वलाई समेटीएको छ | यदि तपाई पनि यस मगर संस्कृति र परम्परासंग सम्बन्धित वृत्त चित्र प्रति रुची राख्नु हुन्छ भने कृपया"लुगुम्याल समाज नेपालको" काठमाडौँ स्थित हाम्रो सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला | यदि तपाई नेपाल बाहिर बस्नु हुन्छ भने हाम्रो यो वेब साइट मार्फत सम्पर्क गर्नु होला, हामी तपाइको प्रति संसारको जुनै कुनामा भए पनि पठाई दिने व्यवस्था गर्नेछौ |
 
 
Updated: 27 July 2010
 
 
 
गाउँ घरको समाचार:
 
गाउँ घरबाट प्राप्त समाचार अनुसार अहिले रुकुम जिल्लाको काँक्रि गा.बि.स. को काँक्रि गाउँ सम्म जिप तथा ट्रयाक्टर सेवा पुगेको खबर छ | यो मोटर बाटोले रुकुम जिल्लाको सदरमुकाम मुसिकोटलाइ बागलुङ जिल्लाको बुर्तिबाङसंग   जोड्ने योजना गरिएको छ र बुर्तिबाङ खण्डको बाटो निसी गा.बि.स. को भल्कोट गाउँ सम्म आइ पुगेको समाचार छ | काँक्रि गा.बि.स. को लुगुम गाउँ र निसी गा.बि.स. को भल्कोट गाउँ बिचको खण्ड छिटै पुरा भएको खण्डमा रुकुम जिल्ला साथै रोल्पाको उत्तरी भेक र डोल्पाका बासिन्दाहरुले राजधानी साथै विदेश धाउँदा दाङ भएर जानु पर्ने लामो यात्राको बाध्यताबाट मुक्ति पाउने छन् |
 
Updated: 17 April 2011
 
 
 
 
 
गाउँघरको समाचार:
 
लुगुम गाउँका केहि महानुभावहरुले गत बर्ष गाउँको लागि विभिन्न क्षेत्रमा भिन्दाभिन्दै योगदान गर्नु भएको छ |जसअनुसार श्री रामचन पुन मगरले आफ्ना स्वर्गीय मातापिताको स्मृतिमा रु. १ लाख ५० हजार खर्च गरी जारीखोलामा एउटा पक्कि पुल बनाउनुभएको छ भने श्री जितमान पुन र प्यार्जना पुनले भूमे पर्व मनाइने नाँचीमा रु.१ लाख खर्च गरी एउटा बिश्राम स्थलको निर्माण गर्नु भएको छ |
 
त्यसै गरी श्री बीर प्रसाद घर्ति मगरले आफ्ना पुर्खाहरुले परापूर्ब काल देखि मान्दै आएको आफ्नो रिति रिवाज र परम्परा कायमै रहोस र यसलाई निरन्तरता होस भन्ने हेतुले रु. २ लाख ५० हजार खर्च गरी गाउँको भीमसेन थान र पितर थानको मरमत तथा जिर्णोद्वार गर्नु भएको छ |
 
साथै गाउँको पुरानो चौतारा भत्किएर जिर्ण अवस्थामा पुगेकोले ब्रिटिश सेना र सिंगापुर पुलिसमा कार्यरत जवानहरुको आर्थिक सहयोगमा रु. १ लाख ५० हजारको लागतमा गाउँमा एउटा जग्गा खरिद गरी त्यसलाई गाउँको चौतारा साथै भलिबल कोर्टको रुपमा प्रयोग गरिने भएको छ | उक्त चौतारा जमिनमा भविष्यमा एउटा एक तले बैठक भवनको निर्माण गर्ने समेत योजना रहेको छ | यस सम्बन्धि थप जानकारी र तस्वीरहरुको लागि कृपया यहाँ क्लिक गनुहोस:
Updated: 17 July 10
 
 
 
 
 
Anne's Donation:
 
One of our permanent member Anne de Sales from France recentely visited Lugum and kindly donated Rs.50,000 to renovate and preserve the Witch Hide-Out place for Jhankri Mela (Shamans Festival), also donated Rs.10,000 for local club, Rs.10,000 forIchchhe Jhankri's treatment and sponsored Rs.5,000 for Jodhe Jhankri's daughters educationin the village school. She is one ofregular sponsor for our Scholarship program and also kindly contributed Rs.10,000 for Bhume Festival documentary. Many thanks to you Anne, all members of Lugumyal Society and Lugumyals are grateful to you. For further details please click here:
Updated: 3 July 2010
 
 
 
 
 
लुगुम गाउँमा भूमे पर्व:
 
 
लुगुम्यालहरुले पनि २०६
७ सालको भूमे पर्व गाउँमा धुमधामका साथ मनाए |साथै नेपाल समाज कल्याण परिषद्को सहयोगमा लुगुम्याल समाज नेपालले बनाउन लागेको भूमे पर्वको ऐतिहासिक वृत्त चित्र (डकुमेन्ट्री) को लागि यो साल काठमाडौँबाट समेत छायांकन टोलीहरु आएका थिए | लुगुम्यालहरुले मनाएको २०६७ सालको भूमे पर्वका केहि
तस्विरहरुको लागि कृपया यहाँ क्लिक गर्नुहोस:
 
Updated: 3 July 2010
 
 
 
 
 
भूमे पर्व २०६७ (काठमाडौँ) मा बेलायती सहयोग:
 
१८ मगरातका खाम भाषी मगरहरुले काठमाडौँमा मनाएको भूमे पर्व २०६७ को आयोजनाको लागि बेलायतमा बसोबास गर्ने लुगुम्याल तथा अन्य खाम भाषी दाजु भाईहरुले रु. १,४३,११७ (एक लाख त्रिचालिस हजार एक सय सत्र रुपैयाँ) संकलन गरी सहयोग पुर्याएका थिए| साथै सिंगापुर पुलिसमा कार्यरत ३ जना लुगुम्याल दाजु भाईहरुले पनि रु. २१,३००/- (एक्काइसहजार तीन सयरुपैयाँ) को सहयोग गर्नु भएको थियो | सहयोग संकलनमा बिशेष योगदान पुर्याउने श्री ज्ञान बहादुर पुन मगर (यु.के.) र अन्य सम्पूर्ण शुभ चिन्तक महानुभावहरु प्रति लुगुम्याल समाज नेपाल सधन्यबाद सहित हार्दिक कृतज्ञता जनाउदछ | खाम भाषी मगरहरुको यस महान पर्वको आयोजनामा सहयोग पुर्याई मगरहरुको संस्कृति र परम्परालाइ जगेर्ना गर्न मदत गर्ने सहृदयी सहयोगीहरुको नामावलीको लागि कृपया यहाँ क्लिक गर्नुहोस:
Updated: 22 June 2010
 
 
 
भूमे पर्व २०६७ (काठमाडौँ):
 
१८ मगरातका खाम भाषी मगरहरुले सदा झैँ यस पटक पनि काठमाडौँमा धुमधामका साथ भूमे पर्व मनाउदै छन् | यस सम्बन्धि थप तस्वीरहरुको लागि यहाँ क्लिक गर्नुहोस:
 
 
Updated: 16 June 2010
 
 
 
 
"Bhume Festival in Kathmandu"
 
Magars in Kathmandu valley from all Kham Region are celebrating Bhume Festival every year since past few years. Lugumyal Society (Kathmandu) has been offered to run the festival this year and we are very proud to host our great festival. We will give our best effort to make this great festival very successful and enjoyable to all. Your help and support of any kind to run this festival would be very much appreciated.
 
25 April 2010
 
 
"काठमाडौँमा भूमे पर्व"
गत केहि बर्षदेखि काठमाडौँमा बसोबास गरि रहेका खाम भाषी मगरहरुले काठमाडौँको खुलामंचमा धुमधामसंग मनाउदै आईरहेको भूमे पर्व सदा झैँ यो सालपनि मनाइने कार्यक्रम रहेको छ र यो कार्यक्रमको आयोजना गर्ने जिम्मेवारी काठमाडौँ बासी खाम भाषी समुदायले यस पटक लुगुम्याल समाज काठमाडौँलाई सुम्पेका छन्| यसरी हाम्रो यो महान पर्वको आयोजना गर्ने अवसर पाएकोमा लुगुम्याल समाज काठमाडौँ गौरवान्वित भएको छ र यो कार्यक्रमलाई सफल पार्न हर सम्भव प्रयास यस समाजले गर्नेछ साथै यो कार्यक्रमलाई सफल पार्न तपाईहरु सबैको सहयोगको अपेक्षा गर्दछौ |
 
२०६७  बैशाख  ११  गते
 
 
 
 
"Bhume Festival Documentary" (April 2010)
 
Lugumyal Society (Kathmandu) is going to make a documentary about “Bhume Festival” to promote and publicise the culture and tradition of Magar people in Kham Region. To make this documentary realistic all the recordings of the documentary will be conducted in Lugum in forthcoming Bhume festival. Your support on this project would be very much appreciated.
 
 
25  April  2010
"भूमे पर्वको वृत्तचित्र"
 
लुगुम्याल समाज (काठमाडौँ) ले खाम क्षेत्रका मगरहरुको संस्कृति र परम्परालाई सबै नेपाली माझ परिचित गराउने उद्धेश्यले खाम क्षेत्रका मगरहरुले मनाउने भूमे पर्वको बिषयमा एउटा वृत्त चित्र (डकुमेन्ट्री) बनाउन गइरहेको छ| यो वृत्तचित्रलाई वास्तविक रुप दिनको लागि यसको सम्पूर्ण छायांकन यो आउदो भूमे पर्वमा लुगुममा नै गएर गरिने छ | यस योजनामा तपाईहरुबाट पनि सहयोग को आशा गर्दछौ |
 
२०६७  बैशाख  ११  गते
 
 
 
 
"VehicleRoad to Village"
 
A good news ! A basic motorable road has been constructed up to Khabangi Bagar of Kankri VDC. So you can get there from Kathmandu via Dang-Salyan-Musikot in just two days. If you travel by air via Musikot then you will get there onsame day.
 
Februay  2010
"गाउँ सम्म मोटर बाटो"
 
यहि माघ महिनामा खाबांगी बगर सम्म गाडी पुगेको सुखद समाचार छ | त्यसकारण अब काठमाडौँबाट दाङ-सल्यान-मुसिकोट हुदै गाउँ पुग्नलाई २ दिन भन्दा बढी नलाग्ने भएको छ | यदि तपाई हवाई जहाजबाट जानु हुन्छ भने मुसिकोट (सल्ले) भएर एक दिनमा नै घर पुग्न सक्नु हुनेछ |
२०६६ माघ
 
 
 
 
"Branch Office"
 
A branch office of Lugumyal Society in Lugum village has been recently opened. We are looking forward to open a branch office in Dang in near future as well.
 
March  2010
"शाखा कार्यालय"
 
लुगुम्याल समाजको शाखा कार्यालय लुगुममा पनि खोलिएको सुखद समाचारको सहर्ष जानकारी गराउदछौ | यस्तै भविष्यमा दाङ्गमा पनि शाखा कार्यालय खोल्ने हाम्रो योजना रहेको छ |
२०६६ फागुन
 
 
 
 
"Donation to Village School"
 
Lugumyal Society (Kathmandu) have donated Rs.50,000 to expandschool rooms in Lugum to upgrade the current secondary school into a 10+2 college.
 
 
"गाउँको बिद्यालयलाई चन्दा"
 
 
लुगुममा भएको हालको माध्यमिक बिद्यालयलाइ उच्च माध्यामिक बिद्यालय बनाउनको लागि बनाइदै गरेको बिद्यालय भवनको निर्माणको लागि लुगुम्याल समाज काठमाडौँले रु.५०,००० चन्दा सहयोग उपलब्ध गरायो|
 
 
 
 
"Prizes for Village Students"
 
To motivate and encourage students in the local school, Lugumyal Society (Kathmandu) is providing Rs.5,000each year for a prize money to students performing and achieving best results in annual examinations.
 
 
"गाउँको बिद्यार्थीहरुलाई पुरस्कार राशी"
 
स्थानीय विद्यालयको बिद्यार्थीहरुको हौसला तथा मनोबल बढाउनको लागि हरेक बर्षको बार्षिक परिक्षामा सर्बोकृष्ट नतिजा ल्याउने बिद्यार्थीहरुलाई लुगुम्याल समाज काठमाडौँले हरेक बर्ष रु.५,००० बराबरको पुरस्कार दिने व्यवस्था गरेको छ|
 
 
lugumyal.com is sponsored & administrated by Bir Prasad Gharti Magar