Govt Regtd No. DAOK/2066/143
 
छिमेकी गाउँहरु
 
 
 
 
तक, सेरा र बाच्छीगाउँको रमणीय दृश्य  
 
 
 
 
 
 
 
 
 
तक गाउँ
 
 
 
 
 
 
तक गाउँ लुगुमको उत्तरमा पर्दछ | बुढा मगरहरु यो गाउँका मुख्य बासिन्दा हुन् भने थोरै घर्ति मगर र केहि गुरुङहरु पनि यो गाउँमा छन् | (पछाडी तिर बाच्छीगाउँ) 
 
 
 
 
 
 
 
उपल्लो सेरा गाउँ
 
 
 
 
 
 
उपल्लो सेरा गाउँ पनि लुगुमको उत्तरमा पर्दछ | यो गाउँमा प्राय गरेर बुढा मगर र घर्ति मगरहरु छन् | 
 
 
 
 
 
 
 
 तल्लो सेरा गाउँ
 
 
 
 
 
 
 तल्लो सेरा गाउँ पनि लुगुमको उत्तर तिर नै पर्दछ | यो गाउँमा प्राय गरेर बुढा मगरहरु छन् |
 
 
 
 
 
 
 
उपल्लो र तल्लो सेरा
 
 
 
 
 
 
उपल्लो सेरा र तल्लो सेरा गाउँको दृश्य | माथि (टाडाको) उपल्लो सेरा तथा तल (नजिकको) तल्लो सेरा गाउँ | 
 
 
 
 
 
 
 
कोल गाउँ
 
 
 
 
 
 
कोल गाउँ चाँही लुगुमको उत्तर पश्चिम दिशातिर पर्दछ | यो गाउँमा मुख्य गरेर बुढा मगर र पुन मगरहरु बस्दछन |
 
 
 
 
 
 
 
गर्खानी गाउँ 
 
 
 
 
 
 
गर्खानी गाउँ दुई वटा स-साना गाउँहरु मिलेर बनेको छ र यो गाउँ लुगुमको उत्तर पश्चिममा अवस्थित छ | गर्खानी गाउँमा पुन मगर र बुढा मगरहरुको बस्ति छ |
 
 
 
 
 
 
 
काँक्रि गाउँ 
 
 
 
 
 
 
काँक्रि गाउँ लुगुमको पश्चिममा अवस्थित छ | यो गाउँ बुढा डेरा र पुन डेरा गरि दुई वटा गाउँहरु मिलेर बनेको छ | यो गाउँमा बुढा मगर र पुन मगरहरुको बस्ति छ | पारी पट्टिको बुढा डेरा र वारी पट्टिको पुन डेरा | 
 
 
 
 
 
 
 
थबाङ गाउँ 
 
 
 
 
 
 
थबाङ गाउँ रोल्पा जिल्लामा पर्दछ र यो गाउँ लुगुमको दक्षिणमा अवस्थित छ | यो गाउँ रोका मगर, बुढा मगर र घर्ति मगरहरु मिलेर बनेको छ | थबाङ गाउँ माओबादीको उदगम् थलो हो, जहाँबाट माओबादीको उदय भई १० बर्षको जन युद्ध सफलता पुर्बक संचालन गरे |
 
 
 
 
 
 
 
उवा गाउँ 
 
 
 
 
 
 
उवा गाउँ पनि रोल्पा जिल्लामा पर्दछ र यो गाउँ लुगुमको दक्षिणमा पर्दछ | यो गाउँमा रोका मगर, बुढा मगर र घर्ति मगरहरु बसोबास गर्दछन |
 
 
 
 
 
 
 
निसी तथा भल्कोट गाउँ
 
 
 
 
निसी र भल्कोट गाउँ लुगुमको पूर्वमा अवस्थित छन् र यी दुवै गाउँहरु बाग्लुङ्ग जिल्लामा पर्दछन | घर्ति मगर र पुन मगरहरु यी गाउँका मुख्य बासिन्दा हुन् |
 
 
 
 
 
 
 
अनुरोध: यदि तपाईहरुसंग तपाईको गाउँको राम्रा तस्विरहरु छन् भने कृपया हामीलाई पठाएर सहयोग गर्नुहोस् साथै यदि तपाई आफ्नो गाउँको बारेमा  कुनै लेख लेखेर पठाउन चाहनु हुन्छ भने लेखेर हामीलाई पठाई दिनुहोस् हामी तपाई प्रति आभारी हुनेछौ |
 
 
 
 
 
 
lugumyal.com is sponsored & administrated by Bir Prasad Gharti Magar