|
This page is created for any news and articles related to Kham culture, tradition and heritage. So if you have any news or articles related to Kham please send it to us, we will publish it here so that other people could read and know about it.
यदि तपाईहरुसंग खाम भाषा, संस्कृति, परम्परा वा इतिहास सम्बन्धि कुनै लेख अथवा समाचार भएमा कृपया हामीलाई पठाई दिनुहोला, हामीले तपाइको लेख वा समाचारलाई यहाँ प्रकाशित गरिदिने छौं ताकी यसबारे अरुले पनि पढ्ने र बुझ्ने मौका पाउन सकुन|
|
|
|
|
|
|
साइबेरियाका झाँक्रीहरु:
मंगोलिया नजिकैको रुसको साइबेरिया क्षेत्रमा पनि हाम्रै जस्तो झाँक्री (Shamanism) संस्कार मानिदो रहेछ | हुन् त हाम्रा झाँक्रीहरुलाई पनि बिशेषज्ञहरुले Siberian Shamanism को हाँगा भनेर भनेका छन् | त्यस बारेमा Russia Today टेलिभिजनमा प्रसारित झाँक्री सम्बन्धित यो वृत्तचित्रलाइ मैले रेकर्ड गरेर तपाईहरु समक्ष प्रस्तुत गरेको छु | भेष भुषामा केहि भिन्नता भएता पनि सिद्धान्तमा भने हाम्रै झान्क्रीहरु कै जस्तो रिति रिवाज रहेको बुझिन्छ | तपाईहरुले पनि यी साइबेरियाका झाँक्रीहरुलाइ हेर्नुहोस् र यिनीहरुको चलन हाम्रा झाँक्रीहरुसंग कतिको मिल्दो रहेछ विश्लेषण गर्नु होस् | यो वृत्त चित्र हेर्नलाई कृपया यहाँ क्लिक गर्नु होस्:
28 October 2011
|
|
|
|
|
|
रुकुममा खाम भाषा प्रशिक्षण:
रुकुम जिल्लाको पश्चिम भेकमा पर्ने झुला गा. बि. स. मा गत असोज २२ गते "नेपाल मगर संघ झुला इकाई समितीको" पहिलो अधिबेशन सम्पन्न गरी खाम भाषाको प्रशिक्षण शुरु गरिएको छ | रुकुम जिल्लाको पश्चिम भेकमा पर्ने यस गा. बि. स. मा अन्य जातीहरुका साथै उल्लेखनीय संख्यामा मगरहरुको बसोबास भएता पनि यस भेकका मगरहरुले आफ्नो मात्री भाषा बोल्दैनन | अधिकांस जनजातीमा अहिले आफ्नो जातीय पहिचानको लागि आफ्नो मात्री भाषा र संस्कृती प्रति जागेको जनचेतना साथै अभिरुचीको लहरको कारण यस गा. बि. स. का मगरहरुले चालेको यो कदमलाइ एकदमै सराहनीय साथै प्रशंसनीय मान्नु पर्दछ |
गा. बि. स. कार्यालय रहेको मयारीमा सम्पन्न गाउँ अधिबेशनले श्री राम विलास पुन मगरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समितीको चयन गरेको छ जसमा उपाध्यक्षमा श्री टंक प्रसाद पुन मगर, सचिवमा श्री प्रेम प्रसाद बुढा मगर, सह सचिवमा जीवनकला बिष्ट मगर र कोषाध्यक्षमा बिमला बिष्ट मगर रहनु भएको छ |
नव निर्वाचित कार्य समितीलाइ नेपाल मगर संघ रुकुमका संस्थापक अध्यक्ष श्री तेजेन्द्र खाम मगर, संघका जिल्ला अध्यक्ष श्री पहलसिंह घर्ति मगर, एककृत नेकपा माओबादीका श्री प्रेम बहादुर देवकोटा, नेपाली कांग्रेसका प्रजित बुढा मगर लगायतले बधाई दिनु भएको थियो |
सौजन्य: बिजया पुन मगर
रेडियो सानो भेरी
मुसिकोट (रुकुम)
Updated: 16 October 2011
|
|
|
|
|
|
भूमे पर्व २०६८ (काठमाडौँ) लाई राप्ती समाज यु.के. को सहयोग:
हरेक बर्ष असार संक्रान्तिमा १८ मगरातमा मनाइने मगरहरुको महान चाड "भूमे पर्व" सदा झैँ यो साल पनि काठमाडौँ बासी मगर जनसमुदायले काठमाडौँको खुल्ला मंचमा धुमधामका साथ मनाए | यस बर्ष काठमाडौँमा मनाइएको उक्त भूमे पर्वको आयोजना गर्ने सुअवसर रोल्पा जलजला समाज काठमाडौँले पाएको थियो | आयोजना संचालनको लागि रोल्पा जलजला समाज काठमाडौँले गरेको सहयोग अनुरोधमा राप्ती समाज यु.के. ले रु. १ लाखको सहयोग प्रदान गरेको छ | यो सहयोग रकम राप्ती समाज यु.के. का सचिब श्री हिक्मत सिंह रोका मगर (थबाङ) को पहलमा हाल बेलायतमा बसोबास गरि रहेका राप्ती बासी दाजु भाईहरुबाट संकलन गरिएको थियो | राप्ती समाज यु.के. को तर्फबाट श्री ओम प्रकाश रोका मगर (थबाङ) ले उक्त रकम भूमे पर्व आयोजक समितिलाई असार १ गते हस्तान्तरण गर्नु भएको थियो | सहयोगकर्ता महानुभावहरुको नामावलीको लागि कृपया यो लिंकमा क्लिक गर्नु होस्:
Updated: 19 June 2011
|
|
|
|
|
|
मगर खाम संबन्धित पुस्तकहरु:
Kham Tribes Of Rolpa:
श्री हित बहादुर थापाले अंग्रेजी भाषामा लेख्नु भएको यो पकेट साइजको Kham Tribes of Rolpa नामक पुस्तकमा रोल्पा रुकुमका खाम भाषी मगरहरु संग संबन्धित रोचक तथ्य, कथा तथा जानकारीहरु समाबेश गरिएको छ | यस पुस्तकलाई तपाइले भोटाहिटीको पुस्तक पसलहरु वा amazon.com बाट प्राप्त गर्न सक्नु हुनेछ |
खाम शब्दकोश:
श्री जुक्ति प्रसाद पुन मगरले लेख्नु भएको यो खाम भाषाको शब्दकोश खाम, नेपाली र अंग्रेजीमा अनुवादित छ | खाम भाषा सिक्न इच्छुक महानुभावहरुको लागि यो पुस्तक उपयोगी हुन् सक्छ | यस पुस्तकको लागि कृपया स्वयम लेखकलाई नै सम्पर्क गर्नु होला |
यी पुस्तकहरुको बारेमा थप जानकारीको लागि कृपया यहाँ क्लिक गर्नुहोस:
|
|
|
|
|
|
खाम भाषा तालिम सम्बन्धि बिबिध समाचार:
चितवन जिल्लाको सूर्यनगर गाउँको करवाकेली बिकास भवनमा पुन बिद्यार्थीहरुले २०६७ साल चैत्र २० गते देखि खाम भाषाको छोटो दश दिने तालिम सम्पन्न गरेका छन भने २०६७ साल फागुन महिनाको १ गते देखि म्याग्दीको हिस्तान गा. बि. स. मा रुकुम जिल्ला तक गाउँका श्री हरीशंकर घर्ती मगर ज्युले खाम भाषाको प्रशिक्षण दिन थाल्नु भएको छ, हिस्तान गा. बि. स. को ५ वटा गाउँहरु जसमा औलो, हिस्तान्, घराम्दी, रीमा र दक्षले मा एक-एक महिनाको तालिम सन्चालन गराईने कार्यक्रम रहेको छ । यस सम्बन्धि थप जानकारीको लागि कृपया यहाँ क्लिक गर्नुहोस्:
Updated: 5 May 2011 |
|
|
|
|
|
जनगणना २०६८ मा सहभागी बनौ र आफ्नो पहिचानको रक्षा गरौ:
यदि तपाईलाई आफ्नो भाषा, संस्कृति, परम्परा र पहिचान प्रति साच्चिकै माया मोह छ भने आउँदो जनगणनामा सक्दो सहभागी बनौ र अरु खाम भाषी मगरहरुलाई पनि यस जनगणनामा सक्दो सहभागी बन्न प्रेरित गरौ | यस जनगणनामा सबैले आफ्नो नाम थर मात्रै नभई जात, भाषा, धर्म, साक्षरता, पेशा आदि सम्पूर्ण विवरणहरु लेख्न नभुलौ | यसले नेपालको जनगणना तथ्याङ्कमा हाम्रो सम्पूर्ण विवरण सहितको अभिलेख राख्न मदत गर्ने छ र हाम्रो अस्तित्वको परिचय दिलाउने छ |
किनकि:
समाज बिना संस्कृति हुदैन,
संस्कृति बिना परम्परा हुदैन,
परम्परा बिना चिनारी हुदैन,
चिनारी बिना परिचय हुदैन,
परिचय बिना अस्तित्व हुदैन !
त्यसकारण सम्पूर्ण खाम भाषीहरु माझ यस बिषयमा सक्दो चेतना फैलाई सबैलाई सचेत गरौ | बिशेष गरेर दुर्गम क्षेत्रमा बसोबास गर्ने अशिक्षित र चेतनाको कमि भएका गाउँले दाजुभाइ तथा दिदि बहिनीहरुलाई यस बारेमा बुझाइ, सिकाइ सचेत गराउ, किनकि यस्तो खाले जनगणना हरेक बर्ष आउदैन, १० बर्षमा एक पटक आउँछ |
|
|
|
|
|
|
मगर फोण्टको लागि बायाँको जिप फाइल Download गरेर जिप फाइललाइ खोल्नु होस् र Font Install गर्नुहोस | |
|
|
मगर फोण्टको बारेमा जानकारीको लागि बायाँको PDF फाइल Download गरेर फाइललाइ Adobe Acrobat Reader बाट खोलेर पढ्नुहोला |
|
|
|
|
|
|
पोखरामा४५ दिने खाम भाषा प्रशिक्षण सफलता पुर्वक सम्पन्न:
पुन समाज नेपाल केन्द्रिय समितीको आयोजनामा पोखरामा हुँदै गरेको बिशेष पैतालिस दिने खाम भाषा प्रशिक्षण अतिनै सफलता पुर्वक २०६७ साल असोज१५ गते सम्पन्न भयो । यो ४५दिने खाम भाषा प्रशिक्षण २०६७ साल भदौ महिनाको १ गते देखि नदीपुर स्थित कर्पाकेली भवनमा सन्चालन भएको थियो ।यस सम्बन्धि थप जानकारीको लागि कृपया यहाँ क्लिक गर्नुस ....
Updated: 23 October 2010 |
|
|
|
|
|
पोखरामा खाम भाषा प्रशिक्षण:
पुन समाज नेपाल, केन्द्रीय समितीको आयोजनामा पोखराको नदिपुरमा २०६७ सालभाद्र०१ गते देखी - असोज१५ गते सम्म४५ दिने खाम भाषाको प्रशिक्षण हुँदैछ । यो खाम भाषा प्रशिक्षणमा विभिन्न जिल्लाहरुबाट जम्मा २७ जना प्रशिक्षार्थीहरु सहभागी हुनु भएको छ ।जस मध्ये१४ जना महिलार १३ जना पुरूष प्रशिक्षार्थीहरु हुनु हुन्छ ।यस सम्बन्धि थप जानकारीको लागि कृपया यहाँ क्लिक गर्नुस ....
Updated: 20 September 2010 |
|
|
|
|
|
चितवनमा खाम भाषा तालिम:
नेपालमा सम्भवत पहिलो पटक खाम भाषाको प्रशिक्षण, चितवन जिल्लाको सूर्यनगर गाउँको करवाकेली बिकास भवन मा २०६५ साल साउन २२ गते देखी शुरु गरियो र २०६५ साल भदौ २० गते सफलता पुर्वक सम्पन्न गरियो । यस सम्बन्धि थप जानकारीको लागि यहाँ क्लिक गर्नुस .... |
|
|
|
|
|
थबाङ, जलजला र भूमे पर्व:
थबाङ्गीहरुले पनि २०६७ सालको भूमे धुमधामले मनाए | हरेक गाउँमा भूमे पर्व मनाउने तरिकामा केहि विविधता पाइएता पनि समग्रमा खाम भाषी मगर क्षेत्रमा मनाइने भूमे पर्व एकै खाले हुन्छ | हेर्नु होस थबाङमा मनाइएको भूमे पर्वका साथै प्रसिद्ध धार्मिक क्षेत्र जलजलाका केहि तस्बिरहरु | लिंकको लागि यहाँ क्लिक गर्नुहोस:
Updated: 3 July 2010 |
|
|
|
|
|
गोर्खा अन्तरराष्ट्रिय आवासीय बिद्यालयको प्रबेशिका परीक्षामा उत्कृष्ट नतिजा:
ब्रिटिश सेनामा कार्यरत राप्ती अंचलका लाहुरे दाजुभाइहरुको लगानीमा स्थापित दाङ स्थित गोर्खा अन्तरराष्ट्रिय आवासीय बिद्यालयका बिद्यार्थीहरुले यस बर्षको प्रबेशिका परिक्षामा ९७% प्रथम श्रेणीमा (३१% विशिष्ट श्रेणी सहित) उत्तीर्ण गरि सत प्रतिशत नतिजा ल्याउन सफल भएका छन् | यस्तो उत्कृष्ट नतिजा ल्याई विद्यालयको नाम उच्च राख्न सफल भएका सम्पूर्ण सहभागी बिद्यार्थीहरु र बिद्यालय व्यवस्थापक समितिलाई बधाई छ र भविष्यमा पनि यस्तै उत्कृष्ट नतिजाहरु ल्याउन सफल होउन भन्ने शुभकामना छ | परिक्षाको बिष्तृत नतिजाको लागि यहाँ क्लिक गर्नुहोस:
Updated: 4 July 2010 |
|
|
|