Govt Regtd No. DAOK/2066/143
|
 |
|
|
 |
|
|
|
मगर "खाम" भाषा |
|
|
|
एक परिचय |
|
|
नेपाल विभिन्न जात जाती र भेष भाषाले भरिएको एउटा बहुल संस्कृतिको देश हो | नेपालमा भएका विभिन्न जातीहरु मध्य मगर समुदाय एउटा प्रमुख जाती हो र मगर जाती आदिबासी जनजाती समूहमा पर्दछ | साथै यो जाती आदिबासी जनजाती समुहको सबै भन्दा ठुलो जन संख्या भएको जाती पनि हो | अन्य जातीहरुको आफ्नै भाषा र भेष भुषा भए झैँ मगरहरुको पनि आफ्नै भाषा, भेष तथा परम्परा छ | मगरहरुले बोल्ने मातृ भाषालाई अठार मगरात र बाह्र मगरात गरी दुई समुहमा विभाजन गरिएको छ । बाह्र मगरात अन्तर्गतका पाल्पा, तनहुँ तथा स्याङ्जा जिल्लामा बोलिने मगर भाषालाई मगर ढुट भनिन्छ भने अठार मगरातमा बोलिने मगर भाषालाई खाम र काईके गरी दुई भागमा बाडिएको छ । डोल्पाको ताराकोट आसपासमा बोलिने मगर भाषालाइ काइके भाषा भनिन्छ भने रुकुम, रोल्पा र बाग्लुङतिरका मगरहरुले बोल्ने मगर भाषालाइ खाम भाषा भनिन्छ |
 खाम भाषा बिशेष गरी रोल्पाको उत्तर खण्ड, रुकुमको पुर्बी खण्ड र बागलुङ्गको पश्चीमी भेकमा बस्ने बुढा, घर्ति, पुन र रोका मगरहरुले बोल्ने गरेता पनि यस क्षेत्रका मगरहरुसँग मिसिएर बसोबास गर्ने अन्य जातिहरुले पनि यही भाषा नै बोल्ने गर्दछन | यस खाम भाषालाई पनि भाषाविदहरुले स्थानीय Dialect अनुसार पर्वते (पश्चिमे र पूर्बे), गमाले, मताले र शेशी गरि पाँच क्षेत्रमा खण्डिकरण गरेकाछन् | यी क्षेत्रीय भाषाहरु एक आपसमा भने त्यती धेरै मेल नखाने भएकोले शेशीले गमालेको, गमालेले पर्बतेको र पर्बतेले शेशीको भाषा धेरथोर बुझेता पनि पुरै बुझ्न भने धौ धौ पर्छ | गमाले खाम रोल्पाको पुर्बी पुछार र प्युठानको उत्तरी पुछारका केही गाउँहरुमा बोलिन्छ, भने शेशी खाम रोल्पाको दक्षिण पश्चिम भेकका केही गाउँहरुमा बोलिन्छ जसलाई "शेष खाल" भनेर पनि चिनिन्छ | मताले खाम चाँही रोल्पाको उत्तर पश्चिम र रुकुमको दक्षिण पश्चिमका केही गाउँहरुमा बोलिन्छ | मताले खाम पर्वते खाम संग धेरै मात्रामा मिल्दोजुल्दो छ | पर्बते खाम भने यी अन्य खामको तुलनामा बृहत रुपले रुकुमको सम्पूर्ण पुर्बी भेक, रोल्पाको सम्पूर्ण उत्तरी भेक र बाग्लुङको पश्चीमी भेकका मगरहरुले बोल्दछन् | बागलुङ्गको निसी, भुजी तिर बोलिने पूर्बे पर्वते खाम रुकुम रोल्पामा बोलिने पश्न्चिमे पर्वते खाम भन्दा केहि फरक भएता पनि धेरै हदसम्म मिल्दो जुल्दो छ |  गाउँ र ठाउँ अनुसार खाम भाषाका केही शब्दहरुमा पनि (Local dialect) केही भिन्नता पाईन्छ जस्तै: गहुँलाई तक गाउँमा "ताम" भनिन्छ भने लुगुम तथा अन्य गाउँहरुमा "पिमा" भनिन्छ, त्यस्तै गरी जुत्तालाई थबाङमा "पनै" भनिन्छ भने लुगुम तथा अन्य गाउँहरुमा "पो:ला" भनिन्छ | यसरी बोलिने केही शब्दहरुमा स्थानिय रुपमा केही मात्रामा मात्र फरकता पाईन्छ तर समग्रमा एकै खाले हुन्छ भने बोल्ने लवाज (Accent) चाँही हरेक गाउँको आफ्नै प्रकारको हुन्छ र जुन अर्को गाउँमा बोलिने लवाजसँग मिल्दैन | हरेक गाउँको आफ्नै बोल्ने लवाज (Accent) भएता पनि भाषामा मेल खाने भएकोले यस भेकका मगरहरुले एक अर्काको भाषा सहजै बुझ्दछन | संख्यागत हिसाबले सबै भन्दा बढी प्रचलित पर्बते खाम बोलिने प्रमुख गाउँहरुमा लुगुम, काँक्री, खाबाङ, तक, सेरा, बाच्छीगाउँ, हुकाम, मैकोट, कोल, पदमी, नाखा, राङ्सी, सिमा, महत, धरमशाला, थबाङ, उवा, जेल्बाङ, धानुङ, धाङ्सी, धाबाङ, निसी, भल्कोट आदि हुन र यस्मा पनि "पश्चिमे पर्वते" बोलिने क्षेत्रका गाउँहरु मध्य बिशेष गरेर लुगुम, काँक्री, खाबाङ, तक, सेरा, बाच्छीगाउँ, कोल, थबाङ, जेलबाङ, धानुङ, मिरुल, उवामा बोलिने खाम भाषामा झन्डै पूर्ण रुपमा समानता पाइने भएकोले एक आपसमा बुझ्नलाई कुनै बाधा र मुस्किल पर्दैन, त्यसैले यस क्षेत्रलाई खाम भाषाको केन्द्रबिन्दु मान्दा केही फरक नपर्ला | |
|
|
|
मगर "खाम" भाषा शब्दकोश |
|
अहिले नेपालमा भएका सबै जनजातिहरुमा आफ्नो पहिचानको लागि आ-आफ्नो भेषभुषा, भाषा, संस्कृति र परम्पराको खोजी र जगेर्ना गर्ने लहड र होड नै जस्तो चलेको छ | यसबाट मगर जनजातिहरु पनि अछुतो हुन सकेका छैनन किनकी हाम्रो पहिचान भनेको नै हाम्रो आफ्नो भेषभुषा, भाषा, संस्कृति र परम्परा हो | अहिले नेपालका पहाडी भेकमा बस्ने हामी सबै जनजातिहरु भारी मात्रामा दिन प्रतिदिन बिशेष गरेर बसाइ सराइको कारणले गर्दा आफ्नो पुर्ख्यौली थलो देखी टाडिदै गई रहेका छौं र यो क्रम भविश्यमा पनि जारी नै रहनेछ | यसरी आफ्नो पुर्ख्यौली र जन्म थलोबाट टाडिने क्रममा हामी र हाम्रा सन्ततीहरु बिस्तारै आफ्नो पहिचानबाट पनि टाडिदै छौं | बिशेष गरेर नयाँ ठाउँको नयाँ भाषा, संस्कृति र रौनकमा घुलमिल हुने क्रममा हाम्रो भाषा र संस्कृति हामी र हाम्रा सन्ततीहरुबाट हराउदै गई रहेकोछ | शायद सबैलाई आफ्नो पहिचान प्रति त्यती रुची र चासो नहोला तर कतिपयलाई अबश्य पनि आफ्नो पहिचान प्रति चासो र रुची होला नै तर चासो र रुची हुँदा हुँदै पनि कुनै कारणबस त्यस प्रति पहुँच नहोला त्यस्ता ब्यक्तिहरुलाई केही मद्घत होस कि भन्ने हेतुले मैले यो सानो खाम शब्दकोश तयार पार्ने जमर्को गरेको हुँ र यसले त्यस्ता भाषा र संस्कृति प्रेमी मगर बन्धुहरुलाई केही मद्घत पुग्ने छ भन्ने आशा गरेको छु |
यो खाम शब्दकोश पर्बते खाम भाषामा आधारित छ र यस खाम शब्दकोशमा दैनिक दिनचर्यामा सर्बाधिक प्रयोग हुने शब्दहरुलाई छानेर राख्ने कोसिस गरेको छु | खाम भाषाका धेरै शब्दहरु नेपाली भाषाबाट पनि आयातित छन् र त्यस्ता आयातित शब्दहरुले नेपाली भाषाका शब्दहरुसँग मेल खाने हुनाले त्यस्ता आयातित शब्दहरुलाई यस शब्दकोशमा समाबेश गर्न उचित लागेन, जस्तै; घ्यु, कुर्ची, किलो, धार्नी, माना आदि | तैपनि धेरै शब्दहरु मबाट अबश्य नै छुट्न गएका छन जुन शब्दहरु यो साधारण शब्दकोश तयार पार्दा मलाई झट्ट याद हुन सकेन त्यसकारण यदि त्यस्ता कुनै शब्द तपाईंहरुलाई याद आएमा वा तपाईंलाई कुनै बिशेष शब्दको जानकारी आवश्यक परेमा कृपया मलाई खबर गर्नु भएमा म ती शब्दहरुलाई यस शब्दकोशमा थप्दै (Update) लैजाने कोसिस गर्नेछु |
कतिपय खाम शब्दहरुको ठेट उच्चारण गर्ने अक्षर देवगनारीमा नहुने र नेपाली बर्णमाला अनुसार शुद्द उच्चारण गर्न नमिल्ने हुनाले त्यस्ता शब्दहरुको सहि उच्चारण गरिएको आवाजलाई "AUDIO" Column राखेर प्रश्ट्याउने कोसिस गरेको छु | साथै जुन शब्दको अक्षरको अन्तमा : (Colon)राखिएको त्यस अक्षरलाई अलिक लम्ब्याएर उच्चारण गर्नु पर्नेछ | जस्तै मेल: लाई मेलअअ, जी: लाई जिइइ, मो:लो लाई मोओओलो, उरु: लाई उरुऊऊ आदि |
यस शब्दकोशलाई English Alphabet को आधारमा राख्दा क्रमबद्द गर्न सजिलो हुने भएकोले यसलाई English Alphabet कै क्रम अनुसार राखेको छु तर कुनै कुनै शब्दहरुको बहु (Multi) अर्थ लाग्ने हुनाले त्यस्ता बहु अर्थ लाग्ने शब्दहरुलाई स्पष्ट पार्नको लागि हरेक भाषाको दुई वटा Column बनाएको छु र दोस्रो Column मा पहिलो Column को शब्दको अर्को अर्थ वा त्यसलाई स्पष्टिकरण गर्ने शब्द राखेको छु | आशा छ यसले अर्थको अनर्थ लाग्नबाट केही मद्घत गर्ने छ |
|
|
|
|
वीर प्रसाद घर्ति मगर |
|
|
|
|
|
|
|
lugumyal.com is sponsored & administrated by Bir Prasad Gharti Magar |
|
|
|
 |
|
|