Govt Regtd No. DAOK/2066/143
पोखरामा खाम भाषा प्रशिक्षण 
 
 
 
पुन समाज नेपाल, केन्द्रीय समितीको आयोजनामा पोखराको नदिपुरमा ४५ दिने खाम भाषाको प्रशिक्षण हुँदैछ यो खाम भाषा प्रशिक्षण २०६७ साल भाद्र ०१ गते देखी - असोज १५ गते सम्म हुदैछ  र यो ४५ दिने लामो खाम भाषा प्रशिक्षणमा म्याग्दी, कास्की, तनहुँ, चितवन, नवलपरासी रुपेन्देही जिल्लाहरुबाट जम्मा २७ जना प्रशिक्षार्थीहरु सहभागी हुनु भएको  जस मध्ये १४ जना महिला र १३ जना पुरूष प्रशिक्षार्थीहरु हुनु हुन्छ यो खाम भाषा प्रशिक्षणको लागी शिक्षक चाँही रोल्पा जिल्लाका श्री युवराज घर्ती मगर हुनु हुन्छ  यो खाम भाषा प्रशिक्षण अहिले पोखराको नदिपुरमा अवस्थीत श्री करवाकेली भवनमा सन्चालन हुँदैछ यस खाम भाषाका शिक्षक र प्रशिक्षार्थीहरुको बस्ने खानाको निशुल्क व्यवस्था त्यहि भवन भित्र गरिएको पुन समाज नेपालको केन्द्रीय समिती भित्र विभिन्न विभागहरु छुट्टाईएको , जस मध्य एउटा शाखा चाँही भाषा अनुसन्धान विभाग समिती पनि पर्न आउछ यो शाखाको संयोजक चाँही श्री दल बहादुर पहरे पुन ज्यु हुनु हुन्छ र यो शाखामा जम्मा ५ जनाको सदस्यता रहेको छ । खाम भाषको पहिलो प्रशिक्षण चितवन जिल्लाको सूर्यनगर गाउँको करवाकेली बिकास भवनमा २०६५ साल साउन २२ गते देखी भदौ २० गते सम्म श्री तुलबीर पुर्जा ज्यु को संयोजनमा सफलता पुर्वक सम्पन्न भएको थियो | उहाँहरुको पहल चन्दा दाताको सहयोगबाट सरल तरिकाबाट खाम भाषा सिक्ने एउटा पुस्तक पनि प्रकाशित गरिएको  यो पुस्तकको पहिलो सस्करणमा ३००० प्रति निकालिएको एउटा पुस्तकको मुल्य नेपाली रु १५० मात्र राखिएको पुस्तक प्रकाशनमा भएको खर्च कटाएर यो पुस्तकको बिक्रीबाट जति आमदानी हुन्छ त्यो रकमले यो प्रशिक्षणमा भएको खर्च व्यहोरी आउदो समयहरुमा पनि फेरी यसरी नै अरु खाम भाषा प्रशिक्षणहरु सन्चालन गर्ने लक्ष्य रहेको अहिले यो तालीम सन्चालन भएको एक महिना पुगी सक्यो र हरेक शुक्रवार प्रशिक्षार्थीहरुको परिक्षा हुन्छ अहिले सम्ममा सबै जनाले निकै राम्रो प्रगती गर्दै हुनु हुन्छ भने महिला प्रशिक्षार्थीहरुको परीक्षाफल पुरूषहरुको तुलनामा निकै नै राम्रो देखिएको प्रशिक्षणको समयमा केही हफ्ता अघी केही प्रशिक्षार्थीहरु बिरामी पर्नु भएको थियो र उहाँहरुको उपचारको लागी पोखरा हस्पतालका डाक्टर श्री चन्द्र पुन ज्यु आउनु भएको थियो (उहा को गाउँ लेसपार हो)  उहाँले बिरामी प्रशीक्षार्थीहरुको निशुल्क उपचार गर्नु भएको थियो पुन समाज नेपाल उहाँलाई यसको लागी धेरै धेरै धन्यवाद दिन चाहन्छ यसरी यो खाम भाषा प्रशिक्षण बिना कुनै कठिनाई अहिले सम्म एकदमै राम्रो प्रकारले सन्चालन भई राखेको  अर्को हफ्तामा सफलता पुर्वक सम्पन्न हुन् लागेको छ यसरी केन्द्रीय समिती को आयोजनामा यो प्रशिक्षण हुनु सबै पुनहरु र खाम भाषा प्रेमीहरुको लागी एउटा ठूलो गर्वको कुरा हो श्री करवाकेली बाबा ज्युको आशिर्बादले र पुन समाज नेपालको पहल अनि अगुवाईले  सबै पुनहरुको विकास अनी एकता अझै राम्रो अनी बलियो बनी रहोस भन्ने कामना गर्दछौ |
  

सौजन्य: पुन समाचार

  
 प्रशिक्षण कार्यक्रमका केहि तस्विरहरु:
 
खाम भाषा प्रशिक्षणको उदघाटनमा उपस्थित अतिथि वर्गहरु   
 
 
खाम भाषा प्रशिक्षणको उदघाटनमा प्रशिक्षक श्री युवराज घर्ति मगरका साथ प्रशिक्षार्थीहरु  
 
 
खाम भाषा प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरु
 
 
प्रशिक्षक श्री युवराज घर्ति मगर र प्रशिक्षार्थीहरु प्रशिक्षण कक्षामा
 
 
 
 
 
lugumyal.com is sponsored & administrated by Bir Prasad Gharti Magar