|
|
|
खाम भाषा तालिम सम्बन्धि बिबिध समाचार: |
|
|
|
चितवनमा खाम भाषा तालिम:
चितवन जिल्लाको सूर्यनगर गाउँको करवाकेली बिकास भवनमा पुन बिद्यार्थीहरुले २०६७ साल चैत्र २० गते देखि खाम भाषाको छोटो दश दिने तालिम सम्पन्न गरेका छन । बिद्यार्थीहरुमा कक्षा ३ देखि कक्षा १० सम्मका छात्र-छात्राहरु गरि जम्मा २२ जना रहेका थिए । बिद्यार्थीहरुले आफ्नो भाषा प्रति माया-मोह साथै सिक्ने औधी रुची र उत्साह देखाएको हुनाले पुन समाज नेपाल भाषा विभागका सदस्य श्री तुलवीर पुर्जा पुन ज्युले नयाँ बर्ष २०६८ सालको बैशाख ०१ गतेको दिन यी २२ जना विधार्थीहरुका साथै समितिका सदस्यहरु, आमा समूह र युवा समूहका केही प्रतिनिधीहरुलाई आफ्नो व्यक्तिगत खर्चबाट सानो भोजको आयोजना गर्नु भएको थियो | यस अवसरमा उहाँले खाम भाषा प्रति आफ्नो सानो मन्तव्य राख्दै यस तालिममा राम्रो अंक प्राप्त गर्ने छात्र रमन पुर्जा लाई नगद रु. ५००/- दिई पुरस्कृत गर्नु भयो । बिद्यार्थीहरु समाजका ठुला बडा व्यक्तिहरुबाट आफ्नो मेहनत अनि लगनको कदर भएको देखेर हौसित भएका थिए र उनीहरुले पनि त्यस दिन एउटा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए | उल्लेखनीय कुरा के छ भने यी बिद्यार्थीहरुलाई खाम भाषा तालिम दिनको लागि पुन समाज नेपाल केन्द्रिय समितीको आयोजनामा पोखराको नदिपुर स्थित कर्पाकेली भवनमा सम्पन्न भएको बिशेष पैतालिस दिने खाम भाषा प्रशिक्षणमा प्रथम हुनु भएकी पश्चिम चितवनकी मिनाक्षी पाइजा पुनले तालिम सन्चालन गर्नु भएको थियो |
यसै गरि दोस्रो स्थान प्राप्त गर्नु भएकी दुलेगौंडा तनहूँकी भुमा पाइजा पुनले अहिले प्रौढ शिक्षा सन्चालन गरि सम्पन्न गरि सक्नु भएको छ भने २०६८ साल बैशाख महिना देखि खाम भाषा तालीम सन्चालन गर्ने भएकी छिन् । तेस्रो हुनु भएकी काफल डाडा गाउँ म्याग्दी की चन्द्रकुमारी पाइजा पुनले केही महिना अघि काफल डाडा गाउँको तिनवटा बिद्यालयका बिद्यार्थीहरुलाई आफ्नो खाली समयमा खाम भाषा सिकाउनु हुदै छ | चौथो हुनु भएकी ढुङे पाटन कास्की की कमला पुर्जा पुनले खाम भाषा सिक्न चाहने इच्छुक महानुभावहरुलाई ढुङे पाटनमा कक्षा सन्चालन गर्नु भएको छ | अर्का प्रशिक्षार्थी सुश्री आशा गर्बुजा पुनले बुटवलको सुपौली भन्ने ठाउमा १५ जना व्यक्तीहरुलाई खाम भाषा सिकाउदै छिन् भने सुपौलीमा तालिम सके पछी बुटवलको अर्को ठाउँ भलुईमा सिकाउने कार्यक्रम रहेको छ । यसरी अर्का प्रशिक्षार्थीहरु मिना तिलिजा पुन र मदन पाईजा पुनले पनि पूर्व चितवनको दुइवटा ठाउँहरुमा कक्षा सन्चालन गरि सकेका छन् ।
म्याग्दीमा खाम भाषा प्रशिक्षण:
२०६७ साल फागुन महिनाको ०१ गते देखि म्याग्दीको हिस्तान गा. बि. स. मा रुकुम जिल्ला तक गाउँका श्री हरीशंकर घर्ती मगर ज्युले खाम भाषाको प्रशिक्षण दिन थाल्नु भएको छ, हिस्तान गा. बि. स. को ५ वटा गाउँहरु जसमा औलो, हिस्तान्, घराम्दी, रीमा र दक्षले मा एक-एक महिनाको तालिम सन्चालन गराईने कार्यक्रम रहेको छ । यसै कार्यक्रम अनुसार उहाँले सर्वप्रथम औलो गाउँमा एक महिने खाम भाषा तालिम सफलता पुर्वक सम्पन्न गर्नु भयो । त्यसपछि खाम भाषा प्रशिक्षक श्री हरिशंकर घर्ती अनी उहाँकि श्रीमतीले रीमा गाउँमा खाम भाषा सिकाउनु भयो | प्रशिक्षक घर्ती ज्युले गाऊलेहरुलाई खाम भाषा सिकाउदै हुनु हुन्छ भने उहाँको श्रीमतीले पनि गाउँका पढ्न लेख्न नजान्नेहरुलाई बोलेर भए पनि खाम भाषा सिकाउदै छिन् भन्ने जानकारीमा आएको छ । रीमा गाउँका गाऊलेहरुले खाम भाषा सिक्न धेरै नै रुची देखाएका छन् भनि प्रशिक्षक ज्युले जानकारी दिनु भएको छ । २०६७ साल चैत्र महिनामा रिमा गाउँमा प्रशिक्षण अति नै सफलताको साथमा सम्पन्न गरी उहाँलाइ त्यस गाउँबाट भावविह्वल बिदाई गरिएको थियो | हिस्तान गाउँमा नयाँ बर्षको खुशियाली संगै ४-५ दिनको रमाइलो मेला लाग्ने भएको हुनाले प्रशिक्षक श्री हरिशंकर घर्ती मगर ज्यु लाई पहिला घराम्दी गाउँमा प्रशिक्षण दिनको लागी पठाइएको छ | अहिले उहाँले घराम्दी गाउँमा खाम भाषा सिकाउदै हुनु हुन्छ र त्यस पछि उहाँ र उहाँको श्रीमती हिस्तान गाउँमा जानु हुनेछ | करबाकेली अनुसन्धान समितीका अध्यक्ष श्री दल बहादुर पहरे पुन ज्युले हामी पुनहरुको अति नै प्रशिद्ध तिर्थस्थल काफल डाडा गाउँमा निर्माण हुँदै गरेको श्री करबाकेली बाबा थानको निरिक्षण गर्नु जानु भएको बेलामा उहाँ बैशाख महिनाको ३ गते घराम्दी गाउँमा पनि जानु भएको थियो | त्यहा पुगेर उहाँले खाम भाषाको प्रशिक्षण हुँदै गरेको अवलोकन गर्नु भएको थियो । उल्लेखनिय कुरा के छ भने श्री दल बहादुर पहरे पुन ज्यु, पुन समाज नेपालका भाषा विभागका सँयोजक पनि हुनु हुन्छ । हिस्तान गा. बि. स. को पाँच वटा गाउँहरुमा यो खाम भाषा प्रशिक्षणको लागी पहल, आर्थिक संयोजन साथै कार्यक्रमहरु मिलाउने कार्य चाँही रिमा गाउँका प्रधानाध्यापक श्री भरत गर्बुजा पुन ज्युको सँयोजकतामा भएको हो ।
यसरी खाम भाषा प्रशिक्षक हरीशंकर घर्ती मगर र उहाँको श्रीमती हिस्तान गा. बि. स. मा छ महिना सम्म बस्नु हुनेछ । हिस्तान गा. बि. स. का पाँच वटा गाउँहरुमा खाम भाषा सम्बन्धी प्रशिक्षण हुँदै गरेको अनी गाऊलेहरुले खाम भाषा प्रति रुची र चासो देखाएको कारणले गर्दा युकेमा रहनु भएका भोबी पुर्जा पुन ज्युले ती पाँच वटा गाउँ मध्य सबै भन्दा राम्रो गर्ने गाउँलाई सरप्राइज उपहार दिने भनी घोषणा गर्नु भएको छ । प्रशिक्षक हरिशंकर घर्ती ज्युले ती गाउँहरुमा सिकाउदा खेरी गाउँलेहरुको सिकने चाहना, सिकने क्षमता, सिकनेहरुको संख्या, समयको पाबन्दी आदिको मुल्याँकन गरेर प्रथम हुने गाउँको नाम घोषणा गर्नु हुने छ भनि जानकारीमा आएको छ । प्रशिक्षक हरि शंकर घर्ति मगर र उहाँको श्रीमती लाई राम्चे गा. बि. स. मा पनि खाम भाषा तालिमको लागी ल्याउने कार्यक्रम रहेको छ भनि जानकारी आएको छ ।
यस खाम भाषा सिकाउने र सिक्नेहरुको आफ्नो भाषा प्रतिको माया-मोह र लगनलाई मेरो तर्फबाट ठूलो सलाम छ ।
जय श्री करबाकेली बाबा
“सन्देश” पुन
|
|
चितवनमा संचालित खाम भाषा तालिमका केहि तस्विरहरु: |
|
|
|
|
|
मिनाक्षी पाइजा पुन बिद्यार्थीहरुलाई खाम भाषा सिकाउदै |
|
|
|
|
|
|
|
तालिममा सहभागी बिद्यार्थीहरु |
|
|
|
|
|
|
|
तालिमको अन्तिम दिनमा एउटा सानो भोजको पनि व्यवस्था गरिएको थियो |
|
|
|
तालिममा सहभागी बिद्यार्थी तथा मान्यजनहरु भोज खाँदै |
|
|
|
|
|
|
|
तालिममा सहभागी बिद्यार्थीहरुले अन्तमा एउटा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए |
|
|
|
|
|
|
|
पुन समाज नेपालका भाषा विभागका सदस्य श्री तुलवीर पुर्जा पुन ज्यु आफ्नो सानो मन्तब्य दिनु हुँदै |
|
|
|
|
|
तालिममा सबै भन्दा राम्रो अंक प्राप्त गर्नु हुने बिद्यार्थी रमन पुर्जा पुनलाइ पुरस्कृत गरि बधाई दिदै श्री तुलबीर पुर्जा पुन |
|
|
|
| |
|
|
|
|
lugumyal.com is sponsored & administrated by Bir Prasad Gharti Magar |
|
|