Govt Regtd No. DAOK/2066/143
२०६७ सालको भूमे पर्व लुगुम गाउँमा यसरी मनाइयो
 
 
 
नोगो पो बुकिको पबित्र पानी र फूल टिप्न जाने टोलीलाइ नोगोबाङ्गे भनिन्छ, बुकि जाने क्रममा नोगोबाङ्गेहरु बीच बाटोमा राती नाँच्दै
 
 
नोगो पो बुकीबाट सिस्ने हिमालको दृश्य 
 
 
 
नोगो पो बुकिमा युवा युवतीहरु फूल टिप्दै
 
 
बुकिमा पाइने विभिन्न फूलहरुको गुच्छा जुन अति नै सुगन्धित हुन्छ  
 
 
नोगो पो बुकिमा भएका लुगुम्यालका भेडाहरु साथै फूल खोज्दै हिडेका केहि युवतीहरु 
 
 
दुइ युवतीहरु फूल टिप्ने क्रममा भेडाहरुका साथ 
 
 
नोगो पो बुकिमा लुगुम्यालहरुका भेडाहरु  
 
 
 
नोगो पो, जहाको पबित्र पानीले गाउँमा भूमे देवताको पूजा गरिन्छ 
 
 
नोगोबाङ्गेहरु पबित्र पानी र फूल टिपेर गाउँ फर्किने क्रममा 
 
 
 
 
 
मुधुसे धुरीको पन्थ्याउली जसमा त्यहाँ जाने जो कोहिले धजा र फूलपाती चडाएर प्रार्थना गर्दछन
 
 
नोगोबाङ्गेहरु पबित्र पानी र फूल टिपेर गाउँ फर्किने क्रममा मुधुसे धुरीमा
 
 
 
 
 
गाउँ फर्किने क्रममा नोगोबाङ्गेहरु मदन पोखरामा नाँच्दै  
  
 
फूल टिपेर गाउँ फर्किने क्रममा नोगोबांगेहरु गुरिबाङ जलाखी निर 
 
 
लुगुम गाउँमा भूमे पूजाको पूजारीको काम सिरपाली कामीहरुले गर्दछन, यस्तो हुनुको पछाडी पनि एउटा रोचक कथा छ, यसको लागि यहाँ क्लिक गर्नुहोस्:  
  
 
 
नोगो पो बुकिको पबित्र जललाइ यहाँको पानीसंग मिसाएर पूजा गरिन्छ
 
 
यो सालको पूजारी भक्त कामी पूजा सामग्रीका साथमा    
 
 
भूमे पर्व र पूजाको डकुमेन्ट्री बनाउनलाई काठमाडौँबाट आएका क्यामेरा म्यानले भूमे पूजाको छायांकन गर्दै  
 
 
पूजाको लागि ल्याईएको भेडा पाठालाइ मन्छाउँदै पूजारी भक्त कामी 
 
 
पूजाको लागि ल्याईएको भेडा पाठालाइ मन्छाई सके पछी गाउँ कटाएर पूजा गर्ने ठाउँमा लगिन्छ, सो क्रममा गाउँका महिलाहरुले घर भित्रको धुलो ध्वाँसो भेडाको जिउमा फाल्दछन, यसो गर्नाले घरको ग्रह दशा भेडाले नै लिएर जाने बिश्वास गरिन्छ  
 
 
पूजाको भेडालाइ यसरी लखेट्दै गाउँ कटाएर लगिन्छ 
 
 
 
पूजाको भेडालाइ तान्ने र लखेट्ने गाउँका दुइ जना मान्छेलाइ खटाइन्छ
 
 
पूजा गर्ने भेडालाइ गाउँ कटाएर "छाला घा" मा पुर्याए पछी काटिन्छ, काट्ने पूजारी चाँही मगर नै हुन्छन 
 
 
 
भूमे पर्व र नाँच हेर्न आएका गाउँले दर्शकहरु 
 
 
भूमे पर्वमा लुगुम्यालहरु नाँचेर पर्व मनाउदै 
 
 
भूमे पर्वमा नाँच्दै लुगुम्याल युवाहरु | 
 
 
लुगुम्याल्नी महिलाहरु भूमे पर्वमा नाँच्दै 
 
यो पर्वमा गाउँलेहरुको मनोरन्जनको लागि चर्खे पिङ पनि थापिन्छ | 
 
 
 
 
भूमे पर्वमा लुगुम्याल युवा युवतीहरु 
 
 
 
भूमे पर्वमा लुगुम्याल्नी महिलाहरु  
 
 
भूमे पर्वमा लुगुम तथा नोगो पो बुकी पुगेर हामीलाई भूमे पर्व २०६७ को फोटोहरु उपलब्ध गराउनु हुने बहिनी देविका घर्ति मगरलाई धेरै धेरै धन्यवाद | 
 
 
lugumyal.com is sponsored & administrated by Bir Prasad Gharti Magar