|
|
|
हाम्रो बारेमा |
|
|
|
परिकल्पना:
विभिन्न कार्य, पेशा र शिक्षाको सिलसिलामा लुगुम गाउँबाट आएर काठमाडौँ उपत्यकामा स्थायी तथा अस्थायी रुपमा बसोबास गरी बसेका सम्पूर्ण लुगुम्याल बन्धु बान्धवहरुलाई एकताको सुमधुर सुत्रमा बाँधेर एक आपसमा सहयोग, सदभाव र भाइचाराको भावना जगाउनुका साथै आफ्नो जन्म थलोबाट टाडा रहेता पनि आफ्नो रिति रिवाजलाइ कायमै राखी आफ्नो संस्कृति र परम्पराको उत्थान गरी आफ्नो पहिचानलाइ बिलिन हुनबाट जोगाउने र जन्म थलोको बिकासमा धेरै थोरै मात्रामा योगदान पुर्याउन सम्पूर्ण उपत्यकाबासी लुगुम्याल दाजुभाई तथा दिदी बहिनीहरुलाई अभिप्रेरित गराउने उद्धेश्यले यस समाजको गठन गरिएको हो | साथै यो संस्थाले कुनै व्यक्तिगत वा संस्थागतआय आर्जन नगरी मुनाफा रहित सामाजिक सेवाको उद्धेश्य लिएर आफ्ना कार्यक्रमहरुलाई संचालन गर्ने छ |
|
|
|
|
लक्ष्य:
१. काठमाडौँ उपत्यकामा बसोबास गरी बसेका सम्पूर्ण लुगुम्यालहरुलाई एकताको सुमधुर सुत्रमा बाँधेर एक आपसमा सहयोग, सदभाव र भाइचाराको भावनाजगाउने,
२.आफ्नो संस्कृतितथा परम्पराको उत्थान र जगेर्ना गरी आफ्नो पहिचानलाइ बिलिन हुनबाट जोगाउने,
३.जन्म थलोको बिकासमा धेर थोरै मात्रामा योगदान पुर्याउने साथै सम्पूर्ण लुगुम्यालहरुलाई जन्म थलो प्रतिको उत्तरदायित्व प्रति जागरण र अभिप्रेरित गराउने|
|
|
|
|
तात्कालिन उद्धेश्यहरु:
१. लुगुम गाउँबाट आएर काठमाडौँ उपत्यकामा स्थायी वा अस्थायी रुपमा बसोबास गरेर बसेका लुगुम्याल बन्धु बान्धवहरुलाई एकताको सुत्रमा बाँधेर एउटा नमुना समाजको सिर्जना गर्ने,
२. सम्पूर्ण उपत्यकाबासी लुगुम्यालहरुमा भाइचारा र सहयोगको भावना जगाउन विभिन्न चाडपर्बहरुमा भेटघाट कार्यक्रमहरु राखी सकेसम्म संयुक्त रुपले चाडबाडहरु मनाउने व्यवस्था गर्ने साथै गाउँघरको अनुभूति दिलाउनलाई बेलाबखतमा बनभोज तथा पिकनिकहरुको आयोजना गरी भेटघाटको बाताबरण सिर्जना गरीदिने,
३. यस लुगुम्याल समाज प्रति आबद्ध कुनै पनि परिवार, सदस्य वा व्यक्तिलाई कुनै समस्या वा बिपत्ति आइ परेमा संयुक्त रुपले सहयोग गर्ने,
४. कुनै पनि लुगुम्याल गाउँबाट काम बिशेषले काठमाडौँ आएर कारणबस बिबिध समस्यामा परि अलपत्र हुन् पुगेमा निजको आर्थिक, भौतिक र सैद्धान्तिक रुपले उद्धार र सहयोग गर्ने,
५. लुगुम्याल समाज भित्र कुनै बिकृति र नकारात्मक अबधारानाहरु भएमा सामुहिक रुपले त्यसको अन्त्य गरी समाजको प्रतिष्ठामा कुनै आँच आउन नदिने,
६. लुगुम, काठमाडौँ र बाह्य संसार बीच सूचना तथा सम्पर्क माध्यमको काम गर्ने |
|
|
|
|
दिर्घकालिन उद्धेश्यहरु:
१. खाम समाजको पहिचानलाई जोगाउन खाम संस्कृति, परम्परा र भाषाको उत्थान, संरक्षण, जगेर्ना र सम्भार गर्दै जाने,
२. खाम समाजको संस्कृति र परम्परालाई चिनाउने नाँचने, झोल्यानी जस्ता लोप भई सकेका नाँचहरुको पुनरुत्थान गर्ने,
३. खाम समाजको पहिचान र अस्तित्वलाई कायम गर्न स्थानीय संस्कृति र परम्परालाई प्रोत्साहन दिई यसको जगेर्ना गर्न सहयोग गर्ने,
४. समाजमा एक आपसमा सहयोग र भाइचाराको भावना जगाई समाजको उत्थान र विकास गर्ने काममा पहल गर्ने,
५. गाउँका जनताहरुको जनचेतना तथा बौद्धिक स्तरको विकास गर्न र सांसारिक गतिबिधिसंग अवगत गर्न गाउँमा एउटा पुस्तकालयको स्थापना गरी नियमित रुपमा पुस्तकालय सामाग्रीहरुको बन्दोबस्त गरिदिने,
६. गाउँको विद्यालयको शैक्षिक तथा खेलकुदको स्तरलाई उकास्न विभिन्न शैक्षिक तथा खेलकुदका सामाग्रीहरुको व्यवस्थाको पहल गर्ने | |
|
|
|
हाम्रो ठेगाना:
लुगुम्याल समाज
भट्केपाटी, टुसाल
वडा न. ८
किर्तिपुरनगर पालिका
काठमाडौँ
नेपाल
सम्पर्क:
फोन: (९७७)-१-४३३८३५
मोबाइल: (९७७)-९८४१-३०२५१२
|
|
|
|
|
|
|
|
lugumyal.com is sponsored & administrated by Bir Prasad Gharti Magar |
|
|